Quantcast
Channel: एड्स – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 2

धर्म र विज्ञापनका कारण एड्सको औषधि खान छाड्दै संक्रमित

$
0
0

एचआईभी /एड्स लागेका व्यक्तिले नियमित रुपमा औषधी सेवन गर्नुपर्ने हुन्छ । तर, चितवनमा नियमित खाईरहेका बिरामीले पनि औषधी सेवन गर्न छाडेका छन् । उनिहरुले धर्म र मिडियामा बज्ने विज्ञापनका कारण ए.आर.भि औषधी सेवन गर्न छाडेका हुन् । ४ देखि ८ बर्षसम्म नियमित औषधी खाईरहका १३ जना बिरामीले धर्म र विज्ञापनका कारण औषधी खान छाडेको एड्स हेल्थसेन्टर फाउन्डेसन चितवनका कार्यक्रम संयोजक कृष्णहरी सापकोटा बताउँछन् ।

“दश महिना अघिसम्म हामीसंग ९ सय २२ जनाले एचआईभी संक्रमित व्यक्तिले खाने ए.आर.भि औषधी सेवन गर्नुहुन्थ्यो । अहिले माडीका ८ जना क्रिचियन धर्ममा लागेका कारण खान छाड्नुभएको छ । मिडियामा आर्यूवेदको प्रचार सुनेर मुग्लिनका पाँच जनाले ए.आर.भी औषधी नखाई आयूवेदीक औषधी खान लाग्नुभएको छ ।”,सापकोटाले भने, “उहाँहरुलाई सम्झाउन प्रयेत्न गर्दा पनि मान्नुभएको छैन ।” निःशुल्क पाईने औषधी खान छाडेर ललितपुरमा गएर महिनाको ३० हजार रुपैयाँ लाग्ने आयूर्वेदीक औषधी ल्याउने गरेको सापकोटाले बताए । क्रिचियन धर्ममा लागेपछि रोग निको हुने अन्धविश्वासका कारण ए.आर.भि औषधी खान छाडेको उनको भनाई छ । राज्यले एड्स लागेका विरामीलाई औषधी सेवन गर्न आउँदा लाग्ने यातायात खर्च समेत दिने गरेको छ ।

एचआईभी संक्रमित व्यक्तिले दैनिक सुत्ने समयमा ए.आए.भि.औषधी खानुपर्ने हुन्छ । तर, चितवनमा १ हजार ७सय ९३ जनालाई एचआईभी भएपनि ८ सय ८४ जनाले औषधी सेवन नगरको उनले बताए । चितवनमा अहिले ९ सय ९ जनाले नियमित रुपमा औषधी सेवन गरेका छन् । पुरुषको तुलनामा महिलाले नियमित रुपमा औषधी सेवन गरेको पाईको छ । भरतपुर अस्पताल भित्रको एआटी सेन्टरका अनसार अहिले ४ सय २९ महिला र ४ सय १९ जना पुरुषले नियमित औषधि खाएका छन् । एचआईभी व्यक्तिको संख्या हेर्दा पृुरुष बढि छन् । एआरटी सेन्टरको तथ्याङ्क अनुसार चितवनमा ९ सय ३१ पुरुष, ७ सय २३ महिला र १ सय ३९ जना बालबालिका एचआईभी देखिएको छ ।

असुरक्षित यौनसम्पर्क, एउटै सुई प्रयोग गरेमा, राम्ररी सफा नगरिएको सामानले टाटु गरेमा यौन रोग सर्ने सम्भावना बढि रहन्छ । विशेष गरी विदेशबाट फर्किएका व्यक्ति, भारतको सिमानामा बस्ने व्यक्ति र समलिङ्गी व्यक्तिमा एचआईभीको जोखिम उच्च रहेको छ ।  एड्स लागेका व्यक्तिले दैनिक औषधी सेवन गर्नुपर्ने हुन्छ । एचआईभी संक्रमित व्यक्तिले औषधी सेवन नगरेमा उसको छिटो मुत्यु समेत हुने गर्दछ । त्यसकारण एचआइभी एड्स रोकथाम गर्न चुनौती थपिएको भरतपुर अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डाक्टर कल्याण सापकोटा बताउँछन् । “सुरुमा त आफुलाई रोग लागेका बिषयमा नै अन्योल हुन्छन् । औषधी सेवन गर्न थालेपछि विरामीलाई वाक्कवाकी हुन्छ । विस्तारै सुधारउन्नुख अवस्थामा आएपछि विरामीले औषधी सेवन गर्न छाड्ने गरेका छन्,।” उनले भने, “नियमित औषधी सेवन गर्ने विरामीलाई प्रत्येक महिना अस्पताल बोलाउँछौँ ।”

जोखिमा परेपछि आफुलाई एचआईभी नसरोस भन्नका लागि ७२ घण्टा भित्र खाईने पिईपि औषधी सेवन गरिन्छ । सोे औषधी २८ दिनसम्म खानुपर्ने हुन्छ । यस्ता औषधी खाने व्यक्ति चितवनमा बार्षिक १५ देखि १५ जना रहेका छन् । अहिले पनि चिवतन भरतपुर आस्पतालका ४ जना स्वास्थ्य कर्मीले पिईपि औषधी सेवन गर्ने गरेको सापकोटाले बताए । सुरुका चरण कुनै लक्षण नदेखिने हुँदा एचआईभी संक्रमणको पहिचान गर्न कठिन छ । त्यो समयमा संक्रमितले भाइरस सार्ने सम्भावना सबैभन्दा उच्च हुन्छ । चितवनको तथ्याङ्क हेर्ने हो भने पनि ८० जना नयाँ बिरामी १० महिनामा थप भएका छन् ।

दश महिना अवधिमा १३ हजार ६२५ जनामा एचआइभी परीक्षण गरिएको थियो । यो संख्यामा भरतपुर अस्पतालमा गर्भवती महिलामा गरिएको परीक्षण समेत जोडिन्छ । चितवनमा एचआईभी संक्रमित ८जना गर्भवति महिलाले बच्चाको जन्म दिएका छन् । तर, उनिहरुमा एचआईभी संक्रमण फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य नर्सिङ अधिकृत नन्दकलि चापागाईले बताईन् । उनले चितवनमा विस्तारै एचआइभी संक्रमितको संख्या घट्दै गएको समेत बताईन । उनले भनिन् –‘तुलनात्मक रुपमा संख्या घट्दो छ, तर अझै कतिपयले एचआइभी परीक्षण गर्नै मान्दैनन् ।’ एड्सकै कारण यो बर्ष ९ जनाले ज्यान गुमाएका छन् । एडस् रोकथाम गर्नका लागि जिल्लाका स्वास्थ्य केन्द्रमा निशुल्क एचआईभी एड्स परिक्षण गर्ने र चेतनामुलक कार्यक्रम गर्ने गरेको उनले बताईन् ।

एड्सबारे अधिकांश नकारात्मक सोच, भाइरस सरिहाल्ला भन्ने डरले उत्पन्न गराएको छ । मानिसहरुमा अझै चुम्बन र सामान्य रुपमा छुँदा पनि रोग सर्छ भन्ने धारणा छ । त्यसकारण अशुरक्षित यौन, धारिलो हतियारको प्रयोग नगर्ने र अन्धविश्वास जस्ता कुरीतिमा नलागि नियमित औषधी सेवन गर्न गर्नुपर्ने उनको भनाई छ ।


Viewing all articles
Browse latest Browse all 2

Latest Images

Trending Articles





Latest Images